काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको विश्वासको मतविरुद्ध परेको रिटमा सर्वोच्चको संयुक्त इजलासमा सुनुवाई जारी रहेको छ ।
सर्वोच्चका न्यायाधीशहरु कुमार चुडाल, सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासमा सुनुवाई जारी रहेको छ ।
सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले कोशीमा संवैधानिक फ्रड भएको जिकिर गरेका छन् । बहसका क्रममा थापाले मुख्यमन्त्रीले लिएको विश्वासको मत जालझेलपूर्ण बहुमत देखाएको बताए । सभामुखले मत हाल्ने अभ्यास कस्तो हो भन्दै प्रश्न समेत गरेका छन् ।
‘यो त संवैधानिक फ्रड हो। सभामुखले नमिल्ने, अनि जेष्ठ सदस्यले कसरी हुन्छ? सभामुखले खुर्रर् कुदेर मत हाल्ने कस्तो अभ्यास हो?’ उनले भने, ‘संविधान वकिलले मात्र हैन सासदले पनि पढ्न प¥यो। १६८ (२) अनुसार संख्यारहित ४७ हुनुपर्छ, सभामुख र बहुमत दुवै दाबी गर्न मिल्दैन। अध्यक्षता रहदा वहाँ दलको हुने हो?’
त्यस्तै सो क्रममा न्यायाधीश मल्लले उक्त विषयलाई संवैधानिक नैतिकतासग जोड्न मिल्छ कि मिल्दैन? भनेर प्रश्न गरेकी थिइन्। उक्त प्रश्नमा वरिष्ठ अधिवक्ता थापाले सभामुखले आफ्नै ठाउँबाट भोट हाल्ने कल्पना संविधानले नगरेको बताए। उनले भने, ‘अर्कोलाई राखेर हाल्न जाने अनि फेरि आएर बस्न मिल्दैन।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया