काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक भदौ २१ गते बिहीबार बस्ने भएको छ ।
सोमबारको बैठक स्थगित गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने जानकारी गराए ।
यस्तै सभामुख घिमिरेले नेपाल र भारतबीच भइरहेको एसिया कप क्रिकेटमा नेपाललाई विजयको शुभकामना समेत दिएका छन् ।
एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेल जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया