देश कस्ले चलाईरहेको छ ? : सांसद श्रेष्ठ

लोकपथ
21
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठले, सरकार अरुको निर्देशनमा चलेको आशंका गरेका छन् ।

छलफलमा राष्ट्रिय सभामा ‘संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८०’ माथिको छलफलमा भाग लिँदै उनले सरकार राष्ट्रिय हितको पक्षमा नचलेको आशंका गरेका हुन् ।

उनले सरकार आँफैले गरेको निर्णयमा एक साता पनि टिक्न नसकेको भन्दै प्रधानमन्त्रीको चर्को आलोचना गरे । ‘हामीलाई कसले निर्देशन दिइरहेको छ ? नेपाल को बाट निर्देशित छ ?’ उनले भने ‘पार्टीको अध्यक्षले बोल्दा खास्सै अर्थ फरक पर्दैन तर प्रधानमन्त्रीले बोल्दा समस्या हुन्छ, । ’

उनले प्राथमिकताका आधारमा संविधान अनुसार बन्न बाँकी विधेयक पेश गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?