काठमाडौं । सांसद महेश बर्तौलाले सरकार कुम्भकर्ण निन्द्रामा परेको टिप्पणी गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद बर्तौलाले सरकारले विगत ४ वर्ष देखि यो देशका १ लाख ५० हजार भन्दा बढी नागरिकहरुले कोरोनाको बीमा गरे त्यसबापत ११ अर्व रकम अझसम्म प्राप्त गर्न नसकेको बताए ।
उनले भने ‘ यो सरकार माटोको तोर्मा जस्तो भयो सभामुख ज्यू । आईया पनि छैन आत्था पनि छैन् । विगत ४ वर्ष देखि यो देशका १ लाख ५० हजार भन्दा बढी नागरिकहरुले कोरोनाको बीमा गरे त्यसबापत ११ अर्व रकम अझसम्म प्राप्त गर्न सकेको छैन् । सरकारलाइ त्यस्को कुनै चासो छैन् । कुम्भकर्ण निन्द्रामा प¥यो । ’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया