काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्मचारीलाई कर्तव्य पालनामा बाधा अवरोध नपुर्याउन साथै सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक विज्ञप्ति जारी गर्दै आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई कर्तव्य पालनामा बाधा अवरोध नपुयाउनु हुन र विभिन्न सामाजिक सञ्जालहरुमा जथाभावी वक्तव्यबाजी नगराउन आग्रह गरेको हो ।
आफ्नी श्रीमती चढेको महानगरपालिकाको गाडीलाई ट्राफिक प्रहरीले रोकेर केरकार गरेको भन्दै बालेनले फेसबुकमा अभिव्यक्ति दिएका थिए ।
उनले फेसबुकमा अब आइन्दा महानगरको कुनै पनि गाडी सरकारले रोकेको खण्डमा ‘सिंहदरबारमै आगो लगाइदिने’ धम्की समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया