काठमाडौं । नेपाल सरकारले संविधान दिवस विविध रचनात्मक कार्यक्रमसहित ३ दिन मनाउने निर्णय गरेको छ ।
आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले सो निणर्य गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको हो।
सरकारले असोज २ गते विशेष संवाद,जनचेतनामूलक कार्यक्रम, संविधान दिवस विशेषांक प्रकाशन, अन्तरक्रिया, दीपावली लगायतका कार्यक्रम गर्ने तय भएको छ । यस्तै असोज ३ मा सैनिक मञ्च टुंडिखेलमा संविधान दिवस विशेष समारोह गर्ने, विभिन्न मठ, मन्दिर, गुम्बा, धार्मिक एवं सांस्कृतिक संघसंस्था, शैक्षिक प्रतिष्ठानहरूमा संविधान दिवस मनाउने र साँझ दीप प्रज्ज्वलन गर्ने लगायतका कार्यक्रम गर्ने निर्णय भएको छ ।
यस्तै, असोज ४ गते जागरणमूलक कार्यक्रमका साथै दीप प्रज्जवल गर्ने र नेपालस्थित नेपाली दूतावास, कुटनीतिक नियोग तथा वाणिज्य दूतावासका र उपत्यका बाहिर पनि विविध कार्यक्रम गर्ने सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया