काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आक्रोशित हुँदै सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन् । प्रमुख बालेनले भोलिबाट महानगरपालिकाको कुनै पनि गाडी रोकियो भने सिंहदरबारमा आगो लगाइदिने भन्दै फेसबुकमा धम्कीपूर्ण स्टाटस लेखेका हुन् ।
बालेनले फेसबुकमा लेखेका छन्, ‘आजका लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनैपनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’
बालेनले काठमाडौं महानगरपालिकाको बागडोर सम्हालेसँगै गरेका कतिपय कामले चर्चा पाएका छन् भने केही कामको आलोचना भइरहेको छ । सामाजिक सञ्जालबाट अभिव्यक्ति दिने बानी परेका बालेनको यो अभिव्यक्तिले भने मिश्रित प्रतिक्रिया पाइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया