काठमाडौं । काठमाडौंको सिद्धार्थ आर्ट ग्यालरीमा तीन दिने चित्रकला प्रर्दशनी सुरु भएको छ ।
नेपाल चेम्बर अफ कमर्श, नेपाल महिला चेम्बरद्वारा आयोजित प्रर्दशनीमा चेम्बरका सदस्य कलाकार रिसिका जलानको १० वर्षको चित्रकला संकलन प्रस्तुत गरिएको छ ।
उक्त प्रर्दशनीमा राखिएका सम्पूर्ण चित्रकलाहरु मानव जीवनसँग सम्बन्धित रहेको कलाकार रिसिका जलानले बताएकी छिन् ।
उनले आफू एउटा गृहिणीको साथै व्यवसायीक रुपमा कलाकार भएको भन्दै प्रस्तुत चित्रकला वुद्धको जीवनमा आधारित भएको बताईन् ।
उनले भनिन्, ‘म गृहणीको साथै व्यवसायीक रुपमा कलाकार हुँ । म बच्चा बेलादेखि नै यो क्षेत्रमा काम गर्दै आएको छु । यहाँ प्रदर्शनमा रहेको जति पनि कला छ यो मेरो १० वर्षको संकलन हो । यो चित्रकला वुद्ध र ओसनमा आधारित छ किन भने हामी सबै भित्र वुद्ध हुन्छ र हाम्रो शरिरको धेरै मात्रा पानीबाट बनेको हुन्छ ।’
यस्तै, उक्त प्रदर्शनीमा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले यो पुरुष प्रधान समाजमा पुरुषलाई मात्र बढि प्राथमिकता दिएको भन्दै यस्तो खालको प्रदर्शनले महिलाहरुको सहभागितालाई उजागर गर्ने बताईन् ।
उनले भनिन्, ‘महिलाहरुको कला र प्रतिभालाई उजागर गरेर बाहिर विश्व बजारमा यो प्रदर्शनी मार्फत ल्याँउने गरेको छ । पुरुष कलाकारहरुको बाहिर बढि चर्चा गर्ने गरिन्छ, कदर, मूल्यांकन गरिन्छ तर महिला कलाकारको चर्चा त्यती धेरै मात्रामा हुदैँन् । त्यसकारण महिला आयोगले यस्तो प्रदर्शनलाई चासोको विषय बनाएका छौँ । ’
उनले महिलाविनाको कुनैपनि घर, देश र राष्ट्र सुन्दर नहुने भन्दै महिलाहरुले कलामार्फत नेपालको कला संस्कृतिहरुलाई जोगाउँन पनि सक्ने बताएकी छिन् ।
उनले भनिन्, ‘महिलाविनाको घर, देश, राष्ट्र सुन्दरता हुदैँन्, आज आफ्नै घरमा बसेर पैसा कमाउँन सक्ने अवस्था सिर्जना भएको छ त्यसबाट आर्थिक रुपमा महिलाहरु पनि सम्पन्न हुन सक्छ । यस्तै नेपालको कला संस्कृतिहरुलाई जोगाएर राख्न पर्छ भन्ने पनि यस प्रदर्शनी मार्फत बुझ्न पाए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया