पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

लोकपथ
105
Shares

काठमाडौं । पूर्वयुवराज पारस शाह अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या भएपछि उनलाई शुक्रबार बिहान मण्डिखाटारस्थित ह्याम्स अस्पताल लगिएको हो।

शाहको मुटुमा आईसीडी राखिएकोले २४ घन्टा अब्जर्बेशनका लागि राखिने भएको अस्पताल स्रोतले जनाएको छ ।

मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना भएका पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन् ।

अस्पताल स्रोका अनुसार शाहको थप चेकजाँच जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?