काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भएको हिनामिनामा संलग्न १७ जना प्रतिवादीहरुको बयान सकिएको छ ।
न्यायाधीश भोलानाथ ढकालको इजलासमा शुक्रबारसम्मका १७ जना प्रतिवादीले बयान दिएका हुन् । भदौ ११ बाट थुनामा रहेको प्रतिवादीहरुको बयान सुरु भएको थियो ।
अब आइतबारदेखि सो मुद्दाको थुनछेक बहस सुरु हुनेछ । बालुवाटारस्थित ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना भएको सीआईबीको अनुसन्धान निष्कर्ष छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया