काठमाडौं । चीनले जारी गरेको नक्साको विषयमा प्रधानमन्त्री पुष्प कमल दाहालले आफ्नो चीन भ्रमणको बेला कुरा गर्ने भएका छन् ।
नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले सोबारे जानकारी गराएका हुन् ।
‘चीनले जारी गरेको नक्सामा किन महत्वपूर्ण विषयलाई समेटिएन भन्नेबारेमा कूटनीतिक माध्यमबाट कुरा हुन्छ । मैले बुझ्दा पहिलाको सरकारले जानकारी गराइसकेको भन्ने छ । त्यसैले अहिले कूटनीतिक माध्यमबाट पहल बढाउनुपर्छ । प्रधानमन्त्री चीन भ्रमणको बेलामा कुरा हुन्छ । त्यसबारे सरकार प्रस्ट हुँदै जनतालाई पनि प्रस्ट पार्नुपर्छ’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया