माग सम्बोधन नभए सत्याग्रह सुरु गर्ने डा. गोविन्द केसीको घोषणा

लोकपथ
49
Shares

काठमाडौं । डा. गोविन्द केसीले सत्याग्रह’ सुरु गर्ने घोषणा गरेका छन् । आफूहरुले राखेका माग सम्बोधन नभए भदौ २९ गतेबाट ‘सत्याग्रह’ सुरु गर्ने डा. गोविन्द केसीले घोषणा गरेका हुन् ।

उनले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामीले विभिन्न मागहरु राखेर यही साउन २९ गतेबाट सत्याग्रह सुरु गर्न लागेकोमा सरकारका तर्फबाट विभिन्न प्रतिबद्धताहरु आएपछि एक महिनाका लागि सत्याग्रह पछि सारेका थियौं । ती प्रतिबद्धताहरु कार्यान्वयन नभएमा यही भदौ २९ गतेबाट सत्याग्रह सुरु गर्ने जानकारी पनि गराउँछौं ।’

चिकित्सा शिक्षा आयोगका वर्तमान उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरी सहित ९ जना उम्मेदवारको सूची बिहीबार सार्वजनिक भएको थियो । सूचीमा भएका निजी मेडिकल कलेजका सञ्चालकहरु तथा अन्य स्वार्थ समूहहरुले पनि आयोगलाई निशाना बनाएको देखिएको डा. केसीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?