राजनीति भनेको फुलको ओछ्यानमा सुतेको जस्तो हुँदैन : मन्त्री किराती

लोकपथ
49
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राजनीति भनेको फुलको ओछ्यानमा सुतेको र फुलको बाटोमा हिडेको जस्तो सजिलो नभएको तर्क गरेका छन् ।

नेपाल पर्वतारोहण संघको ३३औँ वार्षिक साधारण सभा कार्यक्रममा उनले सरकारले गरेको राम्रो कामको उदाहरण दिँदै उनले आफुहरु काडाँको बाटोमा हिडिरेको तर्क गरे ।

‘राजनीति भनेको फुलको ओछ्यानमा सुत्नु हैन तरवारको धारमा आगो ज्वालामा पस्ने शाहस गर्ने मान्छेले मात्र राजनीतिमा लाग्छ । फुलको बाटो हामी हिडिरहेका छैनौं । काँडाको बाटो हिडिरहेका छौं । ’

उनले पर्यटनको क्षेत्र सबैको लागि प्राथमीकताको विषय भएको बताएका छन् । पर्यटन ऐनहरु सुधार्न आवश्यक भएको र त्यो बाटोमा आफुहर लागेको उनको भनाई छ ।

‘हामीले व्यवस्था बदल्यौं । व्यवस्था बदल्न जस्तै कठिन रहेछ अवस्था बदल्नु । अहिले हामी कम्मर कसेर लागेका छौं ।’ उनले देश र जनताको सेवा गर्न र समृद्ध नेपाल निमार्णको लागि भ्रष्टचारको जरालाई फाल्न आवश्यक भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?