काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङ जिल्लाको गजुरीमा बस दुर्घटना भएको छ ।
गजुरी गाउँपालिका–५ घाटबेंसीमा चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८६९६ नम्बरको बस अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।
बसमा सवार २९ जनामध्ये ९ जनालाई उपचारको लागि गजुरी प्राथामिक स्वास्थ्य केन्द्र लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्रले जानकारी दिए । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया