काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले छिमेकी राष्ट्र चीनको निमन्त्रणमा जान लागेको ५ दिने भ्रमण अन्तिम अवस्थामा अस्वीकार गरेका छन् ।
केही दिनअघि चीनले जारी गरेको नयाँ नक्सामा नेपालको भाग हटाएको भन्दै आपत्ति जनाएको छन् ।
२०७७ साल जेठ ७ गते लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नेपालले नयाँ नक्सा जारी गरेको थियो । तर चीनले एक्त स्थानलाई चीनले नसोधी हताएर भारतीय भूभाग देखाएको भन्दै उनीले चीन नजाने निर्णय गरेको बताएका हुन् ।
सामाजिक सञ्जालले भनेका छन्, ‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया