काठमाडौं । इलेक्ट्रिक चुरोट (भेप) भित्र लुकाइएर ल्याइएको सुन प्रकरणमा जोडिएका पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरामाथि मुद्दा चल्ने भएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोले आज राहुललाई पक्राउ गरेको थियो । उनलाई संगठित अपराध अन्तर्गत थुनामा राखेर अनुसन्धान हुने भएको हो ।
संगठित अपराध अन्तर्गत प्रहरीले ६० दिन थुनामा राखेर अनुसन्धान गर्न पाउँछ । त्यससँगै उनलाई आजै जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लगिएको छ ।
भेपमा लुकाएर चिनियाँ नागरिकले ल्याएको सुन विमानस्थलको भन्सारमा बरामद भएपछि त्यसलाई छुटाउन लागेका थिए ।
महरा बाबुछोराको उक्त प्रकरणमा मिलेमतो रहेको भन्दै प्रमाणहरु बाहिर आउँदा पनि पक्राउ नगरेको भन्दै सरकारमाथि चर्को दबाब आइरहेको थियो ।
गत २०७९ पुस १० गते भेपमा लुकाएर ल्याएको ९ केजी सुन छुटाउन उनीहरुको संलग्नता देखिएको थियो ।
यो पनि
महरा बाबुछोरा जोगाउन प्रहरीको प्रयास, तस्करसँग जोडिएका राहुलको बयानसम्म लिइएन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया