काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक मधेश प्रदेशको सिरहा जिल्लास्थित अम्बासमा शुरू भएको छ ।
एमालेको चौँथो महाधिवेशनबाट मदन भण्डारी महासचिवमा निर्वाचित भएको सिरहाको धनगढीमाई नगरपालिका-१४ स्थित सर्रे अम्बासमा बुधवार दिउँसो बैठक शुरू भएको हो ।
बैठकमा पार्टीको मिसन ग्रास रुट अभियानको समिक्षा गर्ने र केन्द्रिय कमिटी बैठकको पनि मिति तय गर्ने बताइएका छ ।
अम्बासमा २०४६ मा भएको एमालेको चौँथो महाधिवेशनले मदन भण्डारीलाई महासचिव चयन गरेको ऐतिहासिक ठाउँको स्मरणमा एमालेले सो ठाउँमा पार्टी सचिवालय बैठक बोलाएको हो ।
बैठकमा भाग लिन अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतका नेताहरु आजै त्यहाँ पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया