काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सुशासनको राष्ट्रिय योजना अगाडि बढाउँन प्रधानमन्त्रीको नेतृत्वमा कार्ययोजना बन्दै गरेको जानकारी दिएका छन् ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं.३ को सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेसका उपसभापति समेत रहेका खडकाले मुलुकमा सुशासन कायम गर्न, भ्रष्टाचारको नियन्त्रण गर्न र जनताले सरकारी कार्यालयमा सहज रुपमा पाउँनु पर्ने सेवा व्यवस्थित गर्न मन्त्रिपरिषद् कार्ययोजना निमार्णको प्रक्रियामा लागेको जानकारी दिए ।
उनले भने, मुलुकमा सुशासन, भ्रष्टाचारको नियन्त्रणमा वर्तमान सरकारको नेतृत्वमा एउटा संकल्पसहित अगाडि बढेको छ । जनातले सरकारी कार्यालयमा सहज रुपमा पाउँनु पर्ने सेवा व्यवस्थापन हुनुपर्ने थियो त्यसमा भएको कमजोरीलाई हटाउँनको लागि मन्त्रिपरिषद्को मुख्य सचिवले एउटा टोली मार्फत लाग्नु भएको छ । सुशासनको समग्र पक्षलाई तयार गरेर त्यो सुशासनभित्र जनताले प्राप्त गर्ने सेवा समयमा पाएको छ कि छैन् । सबैलाई हरेर सुशासनको राष्ट्रिय योजना अगाडि बढाउँनको लागि प्रधानमन्त्रीको नेतृत्वमा कार्ययोजना बन्दै छ । ’
उपसभापति खड्काले पार्टी रुपान्तरणको लागि पहिला आफू सुध्रिन आवश्यक भएको भन्दै एकताको भावना, इतिहासको समीक्षा र जनताको हितमा काम गर्ने प्रविद्धताका साथ अगाडि बढ्नु पर्ने बताए ।
उनले भने, पार्टी रुपान्तरण गर्नको लागि पहिला सुधारको घोषणा गर्नेले आफूबाट सुधार गर्नु आवश्यक हुन्छ । पार्टीलाई सजिव बनाउँनको लागि टोलको सभापति देखि सबै तह हुदैँ सबै तहका केन्द्रको कार्यसमितिसम्म सबै सुध्रिन जरुरी छ । कमजोरी, गल्ती, भएको स्थानलाई सुधार गर्दै त्यो गल्ती नदोहोर्याउँने संकल्प बोकेर हिड्ने हो भने पार्टी सुधार र रुपान्तरणको बाटोमा जान्छ । ’
नेपाली कांग्रेसको सिद्धान्तमा होईन्, कार्यशैली, पार्टीको संगठन चलाउँने तरिका, कार्यक्रम गर्ने शैली र व्यवहारमा प्रश्न उठेको भन्दै त्यसलाई सुधार गर्नु आवश्यक रहेको पनि उनको भनाइ छ ।
मुलुकको अर्थतन्त्रको सीमाभित्र रहेर लम्पी स्किन प्रभावित किसानलाई राहत दिने तयारीमा सरकार लागेको बताउँदै मन्त्री खड्काले त्यसको तयारीमा कृषि मन्त्रालय लागेको जानकारी पनि दिए । ०००
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया