कोकमा भेटियो ढुसी

लोकपथ
224
Shares

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित पाल्चोकी खाजाघरमा बिक्रिका लागि राखिएको कोकमा ढुसी भेटिएको पाइएको छ ।

शुक्रबार बिहान पाल्चोकी खाजाघरका सञ्चालक चित्रकमल पण्डित क्षेत्रीले नखोलिएको कोकमा ढुुसी देखेपछि वितरण गर्ने डिलरलाई पटकपटक खबर गरेका थिए । तर पटकपटक डिलर र कम्पनीलाई समेत सम्पर्क गर्दा कुनै प्रतिक्रिया नजनाएपछि उनले काठमाडौं महानगरको टोलीलाई खबर गरेका थिए ।

‘मैले बिहान कोकमा ढुुसी देखेपछि सम्बन्धित डिलर र कम्पनीलाई समेत खबर गरेँ । तर उहाँहरुले कुनै चासो नदेखाएपछि महानगरको टोलीलाई बोलाएको हुँ ।’ उनले भने ।

काठमाडौं महानगरपालिकाको टोलीले उक्त कोकसहित सञ्चालकलाई जाँचबुुझका लागि कार्यालयमा ल्याएको थियो । साथै महानगरको टोलीले कम्पनीलाई समेत त्यसबारेमा जानकारी गराएको थियो । तर कम्पनीले कुुनै चासो नदेखाएको काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुुनाथ पाण्डेले जानकारी दिए । लिकेज भएर हो या अन्य जे भएर ढुुसी देखिए पनि त्यसको जिम्मेवारी कम्पनीले लिनुुपर्ने बताए ।
‘हामीले कम्पनीमा खबर गरेका छौँ । तर उहाँहरुले त्यस विषयमा कुनै चासो देखाइरहनुुभएको छैन । लिकेज भएर या अन्य जे कारणले भए पनि त्यसको जिम्मेवारी कम्पनीले लिनुुपर्छ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?