मेरो छायाँ देखेर एमाले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा आएन : माधवकुमार नेपाल

लोकपथ
35
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा आफ्नो छायाँ देखेर नेकपा एमाले नआएको बताएका छन् ।

नेकपा एसको मंगलबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले एमाले संकीर्ण पार्टी भएको आरोप पनि लगाए ।

उनले भने ‘ राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा म पनि गएको थिए । थाहा छैन मलाई किन हो एमालेका नेताहरु आएनन् । सम्भवत त्यहाँ माधव नेपालको छाँया परेको हुनाले होला उहाँहरु आउनु भएन् ।’ अध्यक्ष नेपालले आफुहरुमा त्यस्तो खालको संकीर्णता र सानो चित्त पनि नभएको बताए ।

आफुहरु सबैको मान राख्दै सबै साँझा विषयबस्तुहरुमा हातेमालो गर्दै अगाडि बढ्न चाहेको नेपालको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?