राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक बारे हामीलाई जानकारी छैन : नेम्वाङ

लोकपथ
70
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूका लागि बोलाएको सर्वदलीय बैठकमा सहभागि नहुने भएको छ ।

संसदको जारी अवरोध कायमै रहेपछि राष्ट्रपति पौडेलले अहिले बिहान शीतल निवासमा सर्वदलीय बैठक बोलाएका छन् । तर, संसदको अवरोध हटाउन प्रधानमन्त्रीको पहलमा दलहरू निरन्तर छलफलमा रहेको जनाउँदै राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएको एमालेको बुझाइ छ ।

संसदको जारी अवरोध हटाउने प्रयासमा दलहरू निरन्तर सक्रिय रहेको जनाउँदै एमाले संसदीय दलका उपनेतासमेत रहेका उपाध्यक्ष सुवाचन्द्र नेम्वाङले आज २ बजे पुनः छलफल हुने बताए । सोमबार रातिको छलफल सकारात्मक रहेको जनाउँदै नेम्वाङले राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएको आफुहरूलाई जानकारी नभएको बताए । ‘राष्ट्रपतिजीले प्रधानमन्त्रीकै सल्लाहमा यस्ता बैठकहरू बोलाउने हो । हामी प्रधानमन्त्रीकै पहलमा निरन्तर संसद सुचारु गर्ने पहलमा छौं । आज पनि २ बजे बैठक बस्दैछौं,’ उनले भने,‘ राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएको हामीलाई जानकारी छैन । त्यसबारे हामीलाई थाहा भएन । हामी प्रधानमन्त्रीसाग निरन्तर छलफलमा छौं ।’

यद्यपी राष्ट्रपति पौडेलले एमाले अध्यक्ष केपी ओली, उपनेता नेम्वाङ र प्रमुख सचेतक पदम गिरीलाई बिहान साढे आठ बजेका लागि तय गरिएको सर्वदलीय बैठकमा आमन्त्रण गरेका छन् । यसअघि पौडेलले साउन ३१ गते ओलीलाई शीतल निवास बोलाएर संसद सुचारु गर्ने विषयमा छलफल गरेका थिए ।

एमालेले साउन १० गते देखि सुन तस्करीको छानविन गर्न उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?