कोशीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

लोकपथ
168
Shares

काठमाडौं । कोशी प्रदेशका मुुख्यमन्त्री उद्धव थापाले विश्वासको मत प्राप्त गरेका छन् ।

सोमबार प्रदेश सभा भवनमा मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेका हुन् ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने विरोध जनाएको छ । सभाध्यक्ष इस्राइल मन्सुरीले पनि मतदान गरेपछि एमालेले आपत्ति जनाएको हो ।

यसअघि पनि तत्कालिन सभामुख बाबुराम गौतमले मुख्यमन्त्री थापालाई विश्वासको मत दिएपछि उक्त केस अदालतसम्म पुगेको थियो ।

कोशी प्रदेश सभामा ९३ जना सांसद रहेकोमा सोमबारको बैठकमा ७७ जनामात्र उपस्थित भएका थिए । उपस्थित सांसदमध्ये मुख्यमन्त्री थापाको पक्षमा ४७ मत प्राप्त भएको छ भने विपक्षमा ३० मत प्राप्त भएको घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?