काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूषालले प्रदीप गिरिका निधनले देशले सिद्धान्त र ईतिहासमा कमाण्ड गर्ने वौद्धिक क्षमतालाई गुमाएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित नेता स्व. प्रदीप गिरिको प्रथम स्मृति दिवसमा आयोजित संवाद कार्यक्रममा नेता भुषालले गिरी सबैभन्दा बौद्धिक क्षमता भएको नेतामा पर्ने बताए । उनको निधनले देशले सिद्धान्त र ईतिहासमा कमान्ड गर्ने बौद्धिक क्षमतालाई गुमाएको भुषालले बताए ।
उनले भने,‘सिद्धान्त र ईतिहासमा कमाण्ड गर्ने सानोतिनो कुरा होईन त्यो मान्छे हो हामीले गुमाएको । नोपलको छोरो सबैभन्दा बौद्धिक क्षमता भएको मानिस हो उहाँ ।’
महासचिव भुषालले गिरि आफू स्वयम् मार्क्सवादी भएकाले मार्क्सवादमा देखिएका समस्याहरुको समाधानको लागि भौतारिरहने गरेको टिप्पणी गरे । उनमा श्रमजीवीका प्रति निस्वार्थ प्रतिवद्धता बाहेक अरु केहि नभएको पनि भषालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया