पूस्ताकालय सम्बन्धी ऐन चाँडै ल्याउन आवश्यक छ : राज्यमन्त्री प्रमिला कुमारी

लोकपथ
21
Shares

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले,  पुस्ताकालय सम्बन्धी ऐन चाँडै ल्याउन आवश्यक भएको बताएकी छिन् ।

आईतबार राष्ट्रिय सभा अन्र्तगतको दिगो विकास समितिको बैठकमा नेपालमा पुस्तकालय र दिगो विकास लक्ष्यबारेको छलफलमा उनले पुस्ताकलय सम्बन्धी  ऐनलाई अगाडी बढाउन आवश्यक पहल गर्ने बताइन् ।

उनले भनिन् ‘पुस्ताकलयको अवस्था जति राम्रो हुन्छ । त्यती राम्रो जनशक्ति विद्यालय, विश्वविद्यालयले उत्पादन गर्न सक्छ । यस सम्बन्धी ऐन हुन अति आवश्यक छ ।’

उनले पस्ताकालयका पनि समय सापक्षे सकारात्मक रुपान्तरण हुनु आवश्यक भएको बताइन् ।

पूस्ताकालयको अवस्थालाई कसरी सुधार्न सकिन्छ भन्ने कुरालाई लिएर दिगो विकास समितिले पनि पहल गर्नु पर्ने उनको भनाई छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?