काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार (आज) रामेछापको दोरम्बा गएका छन् ।
दोरम्बा स्मृति दिवस र पार्टीका अन्य गतिविधिमा सरिक हुन दाहाल रामेछाप गएको उनको सचिवालयले जनाएको छ ।
तत्कालीन सरकार र नेकपा (माओवादी)बीच २०६० सालमा दोस्रो युद्धविराम भएको थियो। दोस्रो युद्धविरामकै समयमा साउन ३२ गते रामेछापको दोरम्बामा तत्कालीन नेपाली सेनाले २१ जना माओवादी छापामारहरूको हत्या गरेको थियो ।
सोहि दिनको सम्झनामा नेकपा माओवादीले दोरम्बा स्मृति दिवस मनाउँदै आइरहेको छ ।
प्रधानमन्त्री दाहालले दोरम्बामा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर जिल्लाका अन्य राजनीतिक गतिविधिमा पनि सरिक हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया