गाल्न थालियो ‘ब्रेक प्याड’ भित्र लुकाएर ल्याइएको सुन (फोटोफिचर)

लोकपथ
91
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर बाहिरिएको सुन गाल्न सुरु गरिएको छ । मंगलबार बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा आज बिहानबाट सुन गाल्न सुरु गरिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, राजश्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिहरुको रोहबरमा सुन गाल्न सुरु गरिएको हो । ब्रेक सु भनेर विदेशबाट ल्याइएको सुन राजश्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलबाट बरामद गरेको थियो ।

सुरुमा एक सय क्वीन्टल भनिएको सुन सोमबार तौलिदा ६० केजी ७ सय ८९ ग्राम मात्र रहेको पाइएको राष्ट्र बैंकको टक्सार विभागले जनाएको छ ।

हेर्नुहोस् तस्बिर : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?