१ क्वीन्टल भनिएको सुन ६० केजी मात्रै

लोकपथ
266
Shares

काठमाडौं । त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको सुनको परिणाम ६० किलो मात्रै रहेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आज नापजाँच गर्दा ६० किलो ७८९ ग्राम मात्रै भएको पाइएको हो ।

साउन ४ गते नै राजस्व अनुसन्धान विभागले राष्ट्र बैंकको टक्सार महाशाखालाई स्कुुटरको ब्रेक शुुसहित सुन बुुझाएको थियो । महाशाखाले आज नापजाँच गरी सो परिणाम निकालेको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । उनका अनुसार उक्त सुनलाई भोलि बिहान साढे १० बजे गालिनेछ ।

गत साउन २ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार विभागबाट पास भएको सुन सिनामंगलबाट बरामद गरिएको थियो । शुरुमा १०० केजी रहेको प्रारम्भिक तथ्यांक निस्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?