एमालेको अवरोधपछि भदौ ३ गतेसम्मका लागि सर्यो संसद बैठक

लोकपथ
35
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद बैठकमा अवरोध सिर्जना गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

सुन काण्डमा उच्चस्तरीय छानबिन समिति गठनको मागसहित एमालेले आज पनि संसद अवरोध गरेको हो ।
यसअघिका बैठकमा पनि एमालेले निरन्तर संसद अवरोध गरिरहेको थियो ।

साउन २ गते विमानस्थल बाहिरबाट बरामद गरिएको सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनको कामकारबाही अघि बढ्न नदिने एमालेले चेतावनी दिँदै आइरहेको छ ।

अर्को बैठक भदौ ३ गते बस्ने सभामुख देवराज घिमिरेले जानकारी गराएका छन् ।

साउन १० गतेबाट एमालेको अवरोधपछि निरन्तर संसद अवरोध हुँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?