एमालेले तोक्यो प्रदेश अधिवेशनको मिति, कहाँ कहिले ?

लोकपथ
56
Shares

काठमाडौं । नेकपा एमालेले भदौ र असोजमा प्रदेश अधिवेशन गर्ने भएको छ ।

आज बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो ।

जसअनुसार भदौ १६ गतेबाट अधिवेशन शुुरु हुन लागेको हो । भदौ १६ र १७ गते लुम्बिनी प्रदेशको अधिवेशन हुनेछ । त्यस्तै असोज ५ र ६ गते मधेश प्रदेश, असोज ८ र ९ गते बागमती प्रदेशको अधिवेशन हुनेछ ।

त्यस्तै असोज १० र ११ गते कर्णाली प्रदेश, असोज १५ र १६ गते गण्डकी प्रदेश, असोज १९ र २० गते उपत्यका विशेष प्रदेश र असोज २१ र २२ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन हुनेछ ।

May be an image of text that says "१० र भदौ १६ र १७ गते: असोज ५२६ गते: असोज ८२९ गते: असोज ११ गते: असोज १२ र १३ गते: असोज १५ र १६ गते: असोज १९ र गते: असोज २१ र २२ गते: लुम्बिनी प्रदेश मधेस प्रदेश बागमती प्रदेश कर्णाली प्रदेश कोशी प्रदेश गण्डकी प्रदेश उपत्यका विशेष प्रदेश सुदुरपश्चम प्रदेश २०"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?