राहुल महराले भने : ‘कोहीसँग फोन हुँदैमा आपराधिक कार्य गरेकै हुन्छ ?’

लोकपथ
203
Shares

काठमाडौं । इलेक्ट्रिक चुुरोट (भेप) मा लुुकाएर ल्याइएको सुन प्रकरणबारे राहुल महराले आफूूहरुमाथि बिना कारण आरोप लगाइएको दाबी गरेका छन् ।

२०७९ साल पुुस १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारले समातेको इलेक्ट्रिक चुुरोट (भेप) मा लुुकाइएको सुन छुटाउन चिनियाँ व्यापारीसँग साँठगाँठ गरेको आरोप महरामा रहेको छ ।

उनका बुुबा समेत रहेका पूर्व सभामुख कृष्णबहादुर महरा र राहुल मिलेर सो सुन छुटाउन लागेको आरोप लागेको छ ।

सामाजिक सञ्जालमा लेख्दै कोही व्यक्तिसँग फोनमा कुरा हुुँदैमा आपराधिक कार्यमा संलग्न रहेको नहुने समेत दाबी गरे ।

‘हामीले यसअघि नै बिषय स्पष्ट पारिसकेका छौं कि कोही व्यक्तिसँग सम्पर्क हुदैमा, केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र समाचार लेखी भ्रमित पार्नु गलत हो ।’ उनले अघि भनेका छन्, ‘हाम्रो विषयमा केही दिनयता विभिन्न सञ्चारमाध्याममा बारम्बार आइरहेका आरोपहरुप्रति गम्भीर आपत्तिसहित दुःख व्यक्त गर्दछौं। पुष्टि नभएको र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोज्ने गलत कार्यको भत्र्सना गर्दछौं। सञ्चारमाध्यामले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबर्जस्त पुष्टि गराउन खोज्नु गलत मात्र होइन, आफै न्यायालय बन्न खोज्नु हो । संचारमाध्यम बाट एकहोरो आक्रमण हुनु को पछाडी हामीले बुझ्न सकेका छैनौ ।’

त्यस्तै राज्यको निकायले अनुुसन्धान गरिरहेको विषयमा आफूूहरुले पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

‘राज्यको निकायले अनुसन्धान गरिरहेको बिषयलाई हामीले पूर्ण रुपमा सहयोग गर्ने कुरामा प्रष्ट पारेका छौं र प्रमाणित देखिए कानुन बमोजिम भागिदार हुनेछौ ।’ उनले भनेका छन् ।

यो पनि
महरा बाबुछोरा जोगाउन प्रहरीको प्रयास, तस्करसँग जोडिएका राहुलको बयानसम्म लिइएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?