काठमाडौं । प्रविधि र अनुसन्धानको क्षेत्रमा विश्व अग्रणी सामसङले ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ प्रस्तुत गरेको छ ।
सामसङ्गका सह उपाध्यक्ष श्री सुङ जुन पार्क, सामसङ्गका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल २०२२ सुश्री प्रियँका रानी जोशीद्वारा संयुक्त रुपमो संयुक्त रुपमा ती नयाँ मोबाइलहरुको अनावरण गरिएको थियो ।
अनावरण कार्यक्रमको दौरान नयाँ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड५ को विभिन्न विशेषताहरु जस्तै पकेटेबिलिटी, कभर स्क्रीन,फ्लेक्स मोड, वाइड स्क्रीन, ईमर्सिभभिउइंग, सेल्फि र आईपीएक्स रेटिंगलाई फेसन रन–वेमा मोडलहरुले प्रदर्शित गरेका थिए ।
“चार वर्ष अघि, सामसङले फोल्डेबल स्मार्टफोन अन्तर्गत क्रान्तिकारी उपकरणहरुको सुरुवात गरेको थियो । सामसङले निरनतर रुपमा ग्यालेकसी जेड सिरिजलाई उत्कृष्टता र परिष्कृत गर्दै लगेको छन् । ग्यालेक्सी जेड फ्लिप५ को नयाँ फ्लेक्स विण्डोमा कन्टेन्ट सिर्जना गर्नेदेखि ग्यालेक्सी जेड फोल्ड५मा मल्टीटास्किंगहरु गर्नसम्म सकिने, ग्यालेक्सी फोल्डेबलको यी सिरिजले आजका प्रयोगकर्ताहरुको उच्चतम आवश्यकताहरुलाई पूरा गरेर त्यसलाई अझ नयाँ स्थरमा पुर्याउनेछन् ।” सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने ।
दुवै ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५लाई धेरै टिकाऊ बनाउन सावधानीपूर्वक निर्माण गरिएको छ । मेन स्क्रीन शक डिस्पर्शन तहका साथ जडान गरिएको छ। यसका साथै आईपीएक्स ८ को रेटिंग, आर्मर अलुमिनियम फ्रेमहरु, र गुरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विण्डो र पछाडि कभर दुवैतिर गरिएको छ ।
यसमा नयाँ एकीकृत हिन्ज मोडल जडित छ जसले बाह्य असरहरुलाई फैलिन दिदैन । यसको खोज उद्देश्यमूलक रुपमै अधिकतम दिगोपनाको लागि गरिएको हो । उत्पादनको लाइफ साइकल बढाउन हरेक उपकरण ५ वर्षको सेक्यूरिटिअपग्रेड र ४ पुस्ताको ओएस अपग्रेडको साथ उपलब्ध छ ।
ग्यालेक्सी जेड फ्लिप५ सम्झौता बिना स्व–अभिव्यक्त गर्ने अल्टिमेटपकेटेबल उपकरण ग्यालेक्सी जेड फ्लिप ५सेल्फ एक्सप्रेसनको लागि निर्मित पकेट साइजको उपकरण हो जसले स्टाइलिस, उत्कृष्ट फोल्डबलअनुभव प्रदान गर्दछ । ग्यालेक्सी जेड फ्लिप ५ तीन प्रकारका रङ्गहरु मिन्ट, लाभेण्डर र कालोमा उपलब्ध छ । यो ८+ २५६ जिबि मा मात्र उपलब्ध छ र यसको मुल्य रु.१३९,९९९ तोकिएको छ ।
ग्यालेक्सी जेड फोल्ड५ः वाइड स्क्रीनयुक्त अल्टिमेटप्र डक्टीभीटी भएको पावरहाउस वाइड स्क्रीन र धेरै समय चल्ने ब्याट्री सहितको सबैभन्दा पातलोर हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड५ जहाँ पनि लैजान सजिलो छ, साथै ग्यालेक्सी जेड सिरिजमा सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्दछ । ग्यालेक्सी जेड फोल्ड५ कालो र निलोगरी २ प्रकारका आकर्षक रङ्गहरुमा पाइनका साथै १२ जिबि मेमोरी सहितका २५६ जिबि र ५१२ जिबि स्टोरेजमा उपलब्ध छन् । ग्यालेक्सी जेड फोल्ड५ १२ं२५६ जिबि को मुल्य रु.२२६,९९९ र ग्यालेक्सी जेड फोल्ड५ १२ं५१२ जिबि को मुल्य रु.२३९,९९९ कायम गरिएको छ ।
यी मोडलहरुको प्रि-अर्डर २०८० साउन २२ गतेदेखि नै शुरु भइसकेको छ । यसका साथै हरेक फोल्डेबल डिभाइसको प्रि–अर्डरमाग्राहकहरुले रु.२५,०००र सम्मको फाइदा हुने केही आकर्षक उपहारहरु पनि रोज्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया