कमल थापा फेरि राजसंस्थाकै लाइनमा

लोकपथ
98
Shares

काठमाडौं । पूर्व राजा ज्ञानेन्द शाहसंग असहमति राख्दै राजसंस्थाको सिद्धान्त त्यागेका राप्रपा नेपालका अध्यक्ष कमल थापा अन्तत राजसंस्था पुनस्थापनका लागि आन्दोलन गर्ने निष्कर्षमा पुगेका छन् ।

राप्रपाका पूर्व नेता तारानाथ लुँइटेलको संयोजकत्वमा रहेको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा र राप्रपा नेपालबीच एकीकरणको सहमतिसंगै थापाले राजसंस्था स्वीकारेका हुन् ।

आज औपचारिक कार्यक्रम गरि मोर्चा र राप्रपा नेपालबीच एकता घोषणा हुने संयोजक लुँइटेलले जानकारी दिए । उनले कमल थापा पनि राजसंस्थाको एजेण्डामा आएकोले एकीकरण गरेर आन्दोलनमा जान लागेको बताए ।

नेता लुँइटेलले बैदिक सनातक हिन्दु अधिराज्य नेपाल र राजसंस्था स्थापनका लािग सडक आन्दोलन गर्ने तयारी भएको पनि जानकारी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीको गत महाधिवेशनमा राजेन्द्र लिङदेनसंग पराजित भएसंगै राजा ज्ञानेन्द्रले आँफूलाई षडयन्त्रपूर्वक हराएको भन्दै थापा राप्रपाबाट अलग भएका थिए ।

राप्रपाबाट अलग्गिएको केहि समयपछि उन्ले राप्रपा नेपाल ब्युँताएका थिए । उनले आफ्नो नीतिमा सनातन हिन्दुराष्ट्रको मुद्धा नछोडेपनि राजसंस्था त्यागेको घोषणा गरेका थिए । अब मोर्चासंगको एकीकरणसंगै थापाले फेरि राजसंस्थाको मुद्धा बोकेर आन्दोलनमा जाने तयारी थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?