कार्यालयमा डोजर चलाउन लागेपछि राप्रपाले महानगरलाई पठायो यस्तो पत्र

लोकपथ
217
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालय २१ दिन भित्र खाली गर्ने भएको छ ।

सोमबार काठमाडौं महानगरपालिकाले राप्रपाको भवन बिजुलीको हाइटेन्सन लाइनमुनि रहेको र भवनको नक्सा पास पनि नरहेको उल्लेख गर्दै हटाउन भनेको थियो ।

महानगरले राप्रपालाई गत शुक्रबार नै समय दिएको थियो । तर राप्रपाले कार्यालय नसारेपछि महानगरले सोमबार भत्काउने तयारी गरेको थियो ।

महानगरले कार्यालय भत्काउने खबरपछि राप्रपाका नेता, कार्यकर्ताहरू कार्यालय पुगेर सडकमा गाडी राखेर अवरोध गरेका थिए ।

यसैबीच राप्रपाले विज्ञप्ति जारी गर्दै महानगरको सूचना बमोजिम २१ दिन भित्र भवन खाली गर्ने जानकारी महानगरलाई दिएको छ । यसको जानकारी राप्रपाले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?