काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले देशका सरकारी र गैरसरकारी संस्थाहरु राजनीतिले गिजोलिएको बताएका छन् ।
साउन १५ खिर खाने दिनको उपलक्ष्यमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उपाध्यक्ष मिश्रले सबै खाले राजनीतिले सबै संस्थाहरु राजनीतिको घेरामा आएको हुदाँ वषेनी ७ लाख युवाहरु बाहिरिएको बताए ।
उनले भने, यो देश राष्ट्रको रुपमा अथवा राष्ट्र चलाउने राज्यको रुपमा क्षयिकृत भएर गयो । यो देशको राष्ट्रपति संस्था, प्रधानमन्त्री संस्था, कर्मचारी संस्था, अख्तियार, प्रहरी, हुदाँ हुदाँ न्यायालय पनि सबै राजनीतिले गिजोलियो त्यसले गर्दा यो सम्पूर्ण राज्य कमजोर हुदाँ एक वर्षमा ७ लाख युवाहरु बाहिर जाने गरेका छन् । ’
उपाध्यक्ष मिश्रले दक्ष युवाहरु बाहिरिरहेको अवस्थामा पुरानो मतदान प्रवृत्तिले गर्दा भएको भन्दै युवाहरुले विवेकको प्रयोग गरेर मतदान गनुपर्ने बताए ।
उनले भने, दक्ष नेपालीहरु बाहिरिरहेको छ, अनि देश कसले चलाउँने, युवाहरुको लागि देश कसले बनाउँने यो कुरा एकदमै महत्वपूर्ण छ र यो अहिलेका युवाहरुले नबुझेको जस्तो लाग्छ । बहकाएर र पूरानो तरिकाले भोट दिदाँ राजनीतिमा इमान्दारिता, क्षमता र परिपक्वता हराएको छ । युवाहरुले विवेकको प्रयोग गरेर मतदान गर्नुपर्छ । ’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया