साईवर सुरक्षा नीति मन्त्री परिषदमा पेश गरेका छौं : मन्त्री शर्मा

लोकपथ
63
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले साईवर सुरक्षा नीति मन्त्री परिषदमा पेश गरेको बताएकी छन् ।सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री शर्माले सूचना तथा प्रविधिलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएकी छन् ।

उनले भनिन ‘ सूचना तथा प्रविधिसंग सम्बन्धित ऐन कानूनहरु अत्यन्तै पुराना छन् । हामीसंँग दूरसञ्चारसंग सम्बन्धित ऐन,साईवर सुरक्षाासंग सम्बन्धित ऐनहरु छन् , ऐन भएता पनि धेरै नै पुराना छन् । र, अहिलेको परिवेशमा त्यसलाई परिमार्जन गर्नै पर्ने आवशयकता भएकोले साईवर सुरक्षा नीति मन्त्री परिषदमा पेश गरेका छौं । त्यो छलफलको क्रममा छ । ’

मन्त्री शर्माले सूचना प्रविधिमा स्नातक गरेका विद्यार्थीलाई सेवा प्रवेशको लागि निश्चित अवधि तोकेर तालिम प्रशिक्षणको व्यवस्था गर्ने तयारी गरिरहेको बताएकी छन् ।

आई टि सेक्टरमा र सरकारी सेवामा दक्ष जनशक्ति आकर्षण गर्न आवश्यक भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?