पछिल्ला १० वर्षमा भएका सुन तस्करीकोबारेमा छानविन हुनु पर्छ : सांसद सुवाल

लोकपथ
28
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवाल पछिल्ला १० वर्षमा भएका सुन तस्करीकोबारेमा छानविन हुनु पर्ने बताएका छन् ।

बुधबार संसद बैठकमा बोल्दै सांसद सुवालले बहुदल र गणतन्त्रको ३४ वर्ष यता भएका सबै काण्ड र प्रकरणको बारेमा पनि खोजी हुनु पर्ने बताए ।

उनले प्रश्न गर्दै भने ‘ १० वर्षमा त्रिभूवन विमानस्थलबाट ४ हजार १ सय १७ किलो सुनको तस्कर कसरी भयो ? बहुदल र गणतन्त्रको ३४ वर्ष यता ठमेलको सार्वजनिक स्थल कमलपोखरीमा छायाँ कम्प्लेक्सको निर्माण कसरी भयो ? ललिता निवासमा व्यक्तिको नाममा कसरी दर्ता भयो ? नेपाली नागरिकलाई नक्कली भुटानी शरणर्थी कसरी बनाइयो ?

सांसद सुवालले कुन कुन प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको पालामा के कति सुन तस्करी भयो भन्ने बारेमा पनि छानविन गर्न आवश्यक भएको बताए । उनले दलका कुन कुन नेताले सुन तस्करहरुलाई दुहुनो गाई बनाई राखेका छन भन्ने विषय सार्वजनिक गर्न अवश्यक भएको बताए ।

भारतीय शासक वर्गले नेपालमा प्रधानमन्त्री बनाउने बारेमा पनि बुझ्न आवश्यक भइसकेको बताउँदै सांसद सुवालले यी सबै कुराको छानविन गरि दोषीलाई कारवाही गर्न आवशयक भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?