समाजवादी मोर्चामा आवद्ध दलका विद्यार्थी संगठनबीच एकता हुँदै

लोकपथ
28
Shares

काठमाडौं । समाजवादी विद्यार्थी मोर्चा नेपाल घोषणा हुँदैछ ।

समाजवादी मोर्चामा आवद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव माओवादी र जनता समाजवादी निकट विद्यार्थी संगठनहरु एकता गर्न लागेका हुन् ।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एस निकट अनेरास्ववियू, विप्लव नेतृत्वको अनेरास्ववियू र जसपा निकट समाजवादी विद्यार्थी संगठन एकता गर्न लागेका हुन् ।

आगामी साउन १४ गते चार विद्यार्थी संगठनको एकता हुन लागेको हो । त्यसको उद्घाटन प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।

गत असार ४ गते ४ राजनीतिक दलबीच समाजवादी मोर्चा घोषणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?