मोरङ । अपहरण तथा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैदको फैसला भएका फरार अभियुक्त ८ वर्षपछि पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलिले जिल्ला मोरङ रंगेली नगरपालिका ४ बस्ने अन्दाजी वर्ष ४० को ठेङवा भन्ने रमेश मण्डललाई शुक्रवार पक्राउ गरिएको हो ।
उनलाई जिल्ला मोरङ रंगेली नगरपालिका वडा ४ बाट पक्राउ गरेको हो ।
विसं. ०६८ चैत ८ गते जिल्ला मोरङ रंगेली नगरवालिका ४ बस्ने अमरलाल साहको छोरा वर्ष १५ को उपेन्द्र साहको वेपत्ता गरि हत्या गरिएको थियो । बेपत्ता पारिएको साहको ०७१ कात्तिक १४ गते छिमेकी ईनरलाल मण्डलको शौचालयको सेफ्टी ट्याङबाट कपडासहित मानव कंकाल फेला परेको थियो ।
साहको अपरहण हत्या मृतककै सहोदर भिनाजु शम्भु साहको योजना भएको र मण्डलको सहयोगमा छिमेकीको सेफ्टी ट्याङकीमा हालेको तथ्य खुलेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया