जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

धनुषा । जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ । 

पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आएक क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीवार यस विषयमा छलफल गरेका थिए ।  

उक्त सूचीमा राख्न अधिकाँश प्रक्रिया पूरा भए पनि अझै केही गर्नुपर्ने बाँकी रहेको मनहर्टले जानकारी दिएको उपमहानगरप्रमुख साहले बताए ।

मनहर्टले विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पूर्वाधारसम्बन्धी पुस्तक आफूलाई दिएको र सो बमोजिम बाँकी प्रक्रिया पूरा आग्रह गरेको उनले उल्लेख गरे ।  

उपमहानगरप्रमुख साह तथा उपप्रमुख रिताकुमारी मिश्रले मनहर्टको सम्मान गरेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?