काठमाडौं । सांसद दीपक गिरीले चट्याङबाट मृत्यु भएका परिवारलाई १० लाख क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले अहिले सरकारले चट्याङबाट २ लाख क्षतिपूर्ति दिने गरे पनि त्यो रकम कम भएको बताए ।
चट्याङबाट सर्वसाधारण र किसानहरू बढी मर्ने गरेको भन्दै विदेश जान छोडेर खेती किसानी गर्दा पनि चट्याङले ज्यान लिने गरेको तर सरकारले अत्यन्त कम क्षतिपूर्ति दिने गर्नाले पीडितहरूलाई मलहम नलाग्ने बताए ।
‘दाङमा केही दिन अघि मात्र २ जना किसान बालीनाली लगाइरहेका किसान चट्याङ लागेर मृत्यु भयो, म चट्याङबाट निधन भएका परिवारलाई कम्तीमा १० लाख दिन सरकारसँग आग्रह गर्दछु ।’ गिरीले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया