संसदीय व्यवस्थाका विरोधी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आफ्नो राजनीतिक एजेन्डा त्यागेर संसद्वादी तीन राजनीतिक दलहरूले निर्माण गरेको समाजवादी मोर्चामा मिसिएका छन् । संसद्वादी दलहरूलाई चर्को विरोधकासाथ ‘दलाली’ को संज्ञा दिँदै आएका विप्लवले संसदीय व्यवस्था मान्ने पार्टीहरूसँग पहिलोपटक सहकार्य गरेका हुन् ।
विप्लवले संशोधनवादीको आरोप लगाउँदै आएका माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग सोमबार पहिलोपटक मोर्चाबन्दीमा सामेल भएसँगै उनको एजेन्डा पनि सकिएको विश्लेषण हुन थालेको छ । विप्लव २०६९ सालमा तत्कालीन एकीकृत माओवादीबाट अलग भएर मोहन वैद्य किरणको नेकपा–माओवादीका सचिव बनेका थिए। त्यसयता उनले संसदीय व्यवस्थाको उपयोग गर्दै सत्ताको भ¥याङ चढेका कम्युनिस्ट पार्टीहरूलाई अर्धभूमिगत भएर सत्ताको विरुद्ध खरोरूपमा प्रस्तुत हुँदै आएका थिए । नेपाल समाचारपत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया