लिङ्देनको प्रश्न-‘नागरिकता विधेयक एमाले, रास्वपा र राप्रपाले रोकेको हो ?’

लोकपथ
133
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलले सत्तापक्षले नागरिकता विधेयकलाई भोट बैंकको रुपमा प्रयोग गर्न खोजेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नागरिकता विधेयक प्रमाणीकरण गरेको प्रक्रियामा प्रश्न उठाएको बताएका हुन् ।

‘सत्तापक्ष यदि इमान्दार थियो भने जहाँ गएर अड्किएको थियो । त्यहाँ विवाद हुन्छ भन्ने सत्तापक्षलाई थाहा थियो । त्यसलाई अगाडि बढाउन सर्वदलीय बैठक राख्न सकिन्थ्यो कि सकिँदैनथ्यो ? तर, भारत भ्रमणमा जानुअघि सुटुक्क प्रमाणीकरण गर्नुपर्ने कारण के थियो ? अहिले रोकिएको एमाले, रास्वपा र राप्रपाको कारणले रोकिएको हो ? हामीले गएर मुद्दा हालेको हो ? तपाईंहरुलाई थाहा थियो । भारत पनि खुशी हुन्छ, नागरिकता नपाएका पनि खुशी हुन्छन् कसै न कसैले अदालतमा उजुरी हालिहाल्छ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?