गोठ बगाउँदा दुईजना बेपत्ता

लोकपथ
49
Shares

सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३स्थित सुनाम्लामा बाढीले एक गोठ बगाउँदा दुईजना बेपत्ता भएका छन् ।

अविरल वर्षासँगै आएको बाढीले सुनाम्लामा गोठ बगाउँदा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिएका छन्।

बेपत्ताको पहिचान खुल्न नसकेको उनको भनाइ थियो । घटनास्थलमा बाह्रबिसे प्रहरी चौकीबाट प्रहरी टोली खटाइएको छ । बाढीले पशु चौपायसमेत बगाएको प्रहरीले जनाएको छ । यसैगरी गएराति आएको बाढीले चैनपुर नगरपालिका–१ मा आठ वटा पशु चौपाय बगाएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?