हँसिया प्रहार गरी हत्या गर्ने पक्राउ

लोकपथ
203
Shares

काठमाडौं । स्याङजामा हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

अर्जुनचौपारी गाउँपालिका-६ सिंउडिबारी बस्ने ९ वर्षीय हर्षित देवकोटालाई हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय सुजन चुवाई (सुवेदी)लाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सुजनले हँसिया प्रहार गरी हर्षितको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले घटना पश्चात फरार रहेका सुजनलाई पुतलीबजार नगरपालिका-१ बाट फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?