नक्कली शरणार्थी प्रकरणका सबै प्रतिवादी तर्फको बहस सकियो, भोलि जवाफी बहस हुने

लोकपथ
140
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका प्रतिवादीहरुको तर्फबाट जवाफी बहस सकिएको छ ।

गत मंगलबारदेखि शुरु भएको प्रतिवादीको बहस आजबाट सकिएको हो ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा सबै १८ प्रतिवादीको तर्फबाट अधिवक्ताहरुले बहस सकेका हुन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा मुछिएका मध्ये १२ जना अझै फरार रहेका छन् ।

प्रतिवादीसँग बयान लिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश न्यौपानेको इजलासमा शुुरुमा सरकारी वकिलको तर्फबाट भएको थियो । त्यसपछि १८ जना प्रतिवादीको तर्फबाट भएको लामो बहस पनि बिहीबार सम्पन्न भएको छ ।

यससँगै अब शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणि न्यौपानेसहितका ४ जनाले जवाफी बहस गर्नेछन् । प्रतिवादीतर्फका वकिलले उठाएका प्रश्नहरुमाथि केन्द्रित रहेर सरकारी वकिलले जवाफी बहस गर्नेछन् । न्यायाधीश न्यौपानेले शुक्रबार २ बजेभित्र बहस सक्न सरकारी वकिललाई इजलासबाट भनिसकेका छन् ।
जवाफी बहस सकेपछि धरौटीमा छाड्ने अथवा थुनामै राखेर मुद्दा अगाडि बढाउने भन्ने आदेश आउने छ । बहस सकेपछि समय पुगेमा शुक्रबार नै साँझसम्म थुनछेक आदेश आउन सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?