अनेरास्ववियू क्रान्तिकारीले स्कुलमा लगाएको ताला महानगरले फुटायो (भिडियोसहित)

लोकपथ
56
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई वटा स्कुलमा लगाइएको ताला फुटाएर पठनपाठन सुचारु गराएको छ।अनेरास्ववियू क्रान्तिकारीले सानो भर्‍याङस्थित संस्कृति स्कुल र बाँसबारीस्थित युलेन्स स्कुलमा ताला लगाएका थिए ।

महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा शिक्षा विभागले ती विद्यालयमा पुगेर ताला फुटाउँदै पठन पाठन सुचारु गराएको हो । यसैबीच मेयर शाहले काठमाडौं महानगरपालिकाको प्रमुख प्राथमिकता शिक्षा भएको बताएका छन् ।

‘काठमाडौं महानगरपालिकाको प्रमुख प्राथमिकता शिक्षा हो। हामी महानगरभरिका विद्यालयहरूको गुणस्तर सुधार गर्न निरन्तर लागिपरेका छौ। र महानगरपालिकाले आफ्नो क्षेत्र भित्र पर्ने विद्यालयको अनुगमन र नियमन गर्ने हो। यदि कुनै विद्यालयले नियमको पालना नगरे काठमाडौं महानगरपालिकालाई उजुरी गर्ने हो। पढ्ने ठाउँमा ताला लगाएर एक अमुक दलको शैक्षिक सङ्गठनले अपराध गरेको छ। चाहे सो विद्यालय सरकारी होस वा निजी, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ। त्यसैले हामीले महानगर भित्रका विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडी बढाएका छौ।’ मेयर बालेनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।

हेर्नुहोस् भिडियो : 

https://www.facebook.com/balenOfficial/videos/807138417606096

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?