काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत नियुक्त गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले फिजी,अर्जेन्टिना, बेलारुस, नर्वे र टर्की गरी पाँच देशमा गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।
अष्ट्रेलियाका आवासीय राजदूत कैलाशराज पौखरेललाई फिजी, ब्राजिलका आवासीय राजदूत निर्मलजराज काफ्लेलई अर्जेन्टिनाको गैरअवासीय र रुसका मिलनराज तुलाधर बेलारुसको गैरआवासीय राजदूतमा नियुक्त भएका छन् ।
त्यस्तै राष्ट्रपति पौडेलले डेनमार्कका डा.रामस्वार्थ रायलाई नर्वे र पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीलाई टर्कीको गैरआवासीय राजदूतमा नियुक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया