नागरिकता प्रमाणीकरणबारे कमल थापाको टिप्पणी : राष्ट्रपतिले मोदीलाई ‘गुड न्यूज’ दिए

लोकपथ
105
Shares

काठमाडौं । यसअघि थन्किएर बसेको नागरिकता विद्येयक प्रमाणीकरण गरेसँगै यतिबेला राष्ट्रपति रामचन्द्र पौडेलको विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको छ । यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रश्न उठाउँदै रोकेको नागरिकता विद्येयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेकोप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले प्रमको भारत भ्रमणअघि नागरिकता विद्येयक प्रमाणीकरण गरेर राष्ट्रपतिले भारतीय प्रधानमन्त्रीलाई गुड न्यूज दिएको टिप्पणी गरे ।

यसअघिको राष्ट्रपतिले रोकेको विद्येयक वर्तमान राष्ट्रपतिले अस्वीकार गरेको विद्येयकलाई हुबहु ९ महिनापछि प्रमाणीकरण गरेको भन्दै राष्ट्रपति संस्थाकै अपमान रहेको टिप्पणी गरे ।

‘प्रम प्रचण्डको भारत भ्रमणको दिन पारेर नागरिकता विधेयक प्रमाणित गर्नुले प्रष्ट हुन्छ, यो विधेयक कसलाई खुसी पार्न बनेको हो।राष्ट्रपति पौडेलले भारतीय प्रम नरेन्द्र मोदीलाई प्रचण्ड मार्फत ‘गुड न्युज’ दिनुभयो । राष्ट्रहित विपरित ठहरगरी तत्कालीन राष्ट्रपति विद्या भण्डारीले रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नु राष्ट्रपति संस्था कै अपमान हो। एउटा राष्ट्रपतिले अस्विकार गरेको निर्णय अर्को राष्ट्रपतिले ९ महिना पछि उल्टाउनु हास्यास्पद छ। यो राष्ट्रप्रति बेईमानी हो ।’ उनले भने, ‘तत्कालीन राष्ट्रपति भण्डारीले वैवाहिक अंगिकृत नागरिकता लगायत राष्ट्रहितका विभिन्न प्रश्नहरु उठाएर विधेयक रोकेकी थिईन् ।’

नयाँ आएको संसदको अवमूल्यन गर्दै ९ महिनाअघि नै निष्कृय भइसकेको विद्येयकलाई प्रमाणीकरण गर्नु संविधान र जनादेशको अपमान रहेको बताए ।

‘अहिले नयाँ चुनावबाट नयां जनादेश प्राप्त संसद आएको अवस्थामा संसदलाई वाईपास गरेर राष्ट्रपति पौडेलले ९महिना अघि निस्कृय भैसकेको विधेयक प्रमाणिकरण गर्नु संविधान र जनादेशको समेत अपमान हो ।’ उनले भनेका छन् ।
त्यस्तै नेपाली चेलीले विवाह गरेर जाँदा भारत जाँदा नागरिकता लिन ७ वर्ष लाग्ने तर आज प्रमाणीकरण गरेको विद्येयक लागू भइसकेपछि विदेशी महिला विवाह गरेर नेपाल आउने बित्तिकै नेपाली नागरिकता पाउने र सांसद मन्त्री बन्न पाउने भन्दै नागरिकतालाई कागजको खोस्टो बनाइएको टिप्पणी गरे ।

‘भारतीय नागरिकले नेपाली चेली विवाह गरेर लैजाँदा उनले भारतको नागरिकता पाउन ७वर्ष कुर्नुपर्छ । राष्ट्रपति पौडेलले आज प्रमाणिकरण गरेको विधेयक लागु भएपछि नेपाली नागरिकले विवाह गरेको भारतीय महिलाले विवाह कै दिन नागरिकता पाउने छिन,सांसद मन्त्रि हुन पाउंछिन। नागरिकता कागजको खोस्टो बनाईयो ।’ उनले भने ।

आज राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विद्येयक प्रमाणीकरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?