काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएका छन् । विपन्न एवं लक्षित वर्गहरूलाई दिनुपर्ने कुल शय्याको १० प्रतिशत छुट्टाई निःशुल्क उपचार उपलब्ध गराउने सम्बन्धमा स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
मङ्गलवार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई भेटेर मेयर शाहले सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरू उपलब्ध गराउन ध्यानाकर्षण गराएका हुन् ।
छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरूको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न मन्त्री बस्नेतलाई अनुरोध गरिएको उनले बताए ।
मन्त्रालयले ७ दिनभित्र कानूनी दायरामा नल्याए अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने उनले चेतावनी दिएका छन् ।
https://www.facebook.com/photo.php?fbid=812873560204901&set=a.196862011806062&type=3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया