जलहरी प्रकरणबारे संसदमा प्रधानमन्त्री प्रचण्डले भने- ‘यसमा ओलीलाई जोड्न मिल्दैन’

लोकपथ
63
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति नाथको जलहरीको विषयमा निवेदन परि छानबिन भइरहेको बताएका छन्। जलहरी प्रकरणमा प्रतिनिधि सभाको बैठकमा बोल्दै जलहरी प्रकरणमा छानबिनमा सरकारले सहयोग गर्ने बताए।

उनले भने, ‘यो विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर विचार व्यक्ति हुनु उचित होइन। यस्ता विषय संसद्को रेकर्डबाट हटाउने प्रचलन छ।’

संसद्को जेठ १० गते बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाई भ्रष्टाचार गरेको आरोप लगाएका थिए।

उक्त अभिव्यक्ति पछि नेकपा एमालेले संसद् अवरोध गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?